ताजा समाचार

सिन्धुपाल्चोककाे बाह्रबिसेमा भिषण बाढी, दुईको मृत्यु १८ बेपत्ता   

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाह्रबिसेमा भिषण बाढी आएको छ । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

 

बाढीले बाह्रबिसे नगरपालिका जम्बुमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएको छ । त्यहाँ १५ घर बाढीले बगाएको छ । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनका अनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन । खोला सडकमाथि बगिरहेको छ । उद्धारका लागि जानसक्ने अवस्था छैन । निरन्तर पानी परिरहेको छ । पहिरो आउने क्रम जारी छ । भोटेकोशीमा बाढी आएको छ । नदीको बहाव बड्दै गएको छ । नदी आसपासका बासिन्दा त्रसित छन् । जलविद्युत आयोजनामा पनि बाढीले क्षति पुगेको छ  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *