ताजा समाचार

प्रधानमन्त्री पदमा कुरा नमिल्दा दुई अध्यक्षको वार्तामा कुनै प्रगति छैन

 काठमाडौं । सत्तासिन नेकपाका दुई अध्यक्षका बीच लगातार वार्ता र सम्वाद भईरहेपनि प्रधानमन्त्री पदमा कुरा नमिल्दा कुनै प्रगति भएको छैन। दुई नेताका बीचमा मात्रै वार्ता भईरहेका बेला कुराकानी सहमति नजिक पुगेको बालुवाटार निकट नेताहरुले प्रचार गरेपनि नेताहरुका वीचमा भएको छलफल लेनदेनमा आधारित अहिलेसम्म भएकै छैन् ।
प्रचण्डले प्रधानमन्त्री आइतबार दुई नेताबीच भनाभन, सोमबार प्रधानमन्त्री केपी ओली र मंगलबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो धारणा राखेका थिए । बालुवाटार निकट नेताहरुले प्रधानमन्त्री ओलीले कुनै पनि पद नछोडने गरी ४ मंसिर २०७६ को सहमतिलाई नै थप ब्याख्या गरेर जाने गरी सहमति नजिक पुगेको बताईरहेपनि भित्री छलफलमा भने अहिलेसम्म त्यस्तो कुनै सहमति भएको छैन । बरु उल्टै प्रचण्डले हिजोको छलफलमा स्वेच्छाले प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पद त्यसमा पनि मुख्यतः प्रधानमन्त्री पदबाटै राजीनामा दिन आग्रह गरेका छन् । ‘तपाई(प्रधानमन्त्री)ले पार्टी विधि पद्धतीमा चलाउनु भएन, पार्टीलाई बेवास्ता गर्नुभयो । सरकार नि राम्रोसँग चलेन् । तपाईले नेताहरुलाई नै अनेक आरोप लगाउने सम्मका कुरा राख्नुभयो । पार्टी विभाजन सम्मको योजना बनाउनु भयो । यस्तो स्थितीमा निकास दिनैपर्छ । तपाईले त्याग गर्नेपर्छ ।दुईटा मध्ये एउटा स्वेच्छाले छोडनुहोस ।
मुख्यतः प्रधनमन्त्री नै छोडनुहोस,’– मंगलबार प्रचण्डले ओलीसँगको वान टु वान छलफलमा भनेका थिए । प्रचण्डले सचिवालयका अन्य ४ नेतालाई ओलीसँगको छलफलपछि आफ्नै निवास खुमलटारमा बोलाएर तीन दिन यताको छलफलको ब्रिफिङ सुनाएका थिए । तर ओलीले अहिलेसम्म दुवै पद नछोड्ने अडान दोहोराईरहेकै छन् । दुवै नेताले एक एक दिन आफ्ना आफना कुरा राखेपछि आजको छलफलमा भने सहमतिको लागि ओली कति लचक हुने या प्रचण्ड कति लचक हुने भन्नेमा केन्द्रीत हुने देखिएको छ । ओलीको स्वेच्छाचारिता र कार्यशैलीका विरुद्ध प्रचण्ड ,माधव नेपाल समुह दुईमध्ये एक पद छोडने वटमलाइनमा दायाँबायाँ नहुने गरी अडानमै देखिएका कारण नेकपाको विवाद अझै गहिरिने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *