ताजा समाचार

सत्तारुढ दलका स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक २६ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार २६ गते शुक्रबार ११ बजेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएको हो ।
मंगलबार बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डको भेटमा आजको स्थायी समिति बैठकलाई निरन्तरता दिने सहमति भएको थियो। स्थायी समिति बैठकअघि नेताहरुबीच अझै छलफल आवश्यक भएकाले बैठक सारिएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन्। तेस्रो पटक बैठक सारिएको हो । नेकपा स्थायी कमिटी बैठक असार १० देखि सुरु भएको हो। तर पार्टी भित्रको विवाद बढ्दै गएपछि स्थायी कमिटी पनि प्रभावित हुँदै आएको छ। आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।
केही समय अगाडि प्रधानमन्त्री ओलीले भारतले आफूलाई पदबाट हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। जारी स्थायी कमिटीमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि विवाद उत्कर्षमा पुगेको हो। बहुमत स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीको राजीनामा भागेपछि प्रधानमन्त्री ओलीले संसदको बजेट अधिवेशन अन्त्य गरेका थिए। त्यसपछि नेकपा विभाजनको संघारमा पुगेको नेताहरुले नै बताएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *