ताजा समाचार

कांग्रेसले सार्वजनिक गर्‍याे १४ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं। नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले २०७७ फागुन ७, ८, ९ र १० गतेका १४ औं महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले समायोजन, कृयाशिल सदस्यता वितरण र अधिवेशनका पुर्व निर्धारित कार्यतालिका भने हेरफेर गरेको छ ।
बैठकले गाउँ÷नगर वडा अधिवेशन २०७७ पुस ६ गते र गाउँ÷नगरपालिका अधिवेशन पुस ८ गते गर्ने निर्णय गरेको छ । कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस ११ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १३ गते गर्ने निर्णय गरेको छ । यसै गरी एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते गर्ने निर्णय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन २०७७ श्रावण १० गते भित्र गरी सक्नु पर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *