ताजा समाचार

राष्ट्रपति प्रकरणपछि प्रचण्ड एकाएक कमजोर

प्रचण्डप्रति सेनाको आक्रोस

काठमाडौं । आफ्नै पार्टीबाट ठूलो असहयोगको सामाना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने भावी कदमका विषयमा राजनीतिक वृत्तमा अनेकथरी अड्कलवाजी  गरिएको छ । संसदको चालु अधिवेशन अन्त्य गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक कदम चालिसकेका छन् । संसदको अधिबेशन अन्त्य गर्नु अघि गत बुधबार विहान र बेलुका  प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दुई पटक भेटेको विषयले पनि निकै ठूलो चर्चा पाएको छ ।

 समाचार स्रोतका अनुसार संसदको अधिबेशन अन्त्य गर्ने निर्णयमा आँफू पुगेको कुरा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा बाहेक अरुलाई जानकारी गराएका थिएनन् । तर देउवा निकट स्रोतले भने अर्कै प्रसंगमा भेटघाट भएको दावी गरेको छ । एमसीसी विधेयकको म्याद थप्ने सन्दर्भमा  प्रधानमन्त्री ओलीसँग भेटघाट तथा सहमति भएको देउवा निकट स्रोतको दावी छ । आँफूलाई चरम असहयोग गरिरहेका पुष्पकमल दाहल प्रचण्डलाई सवक सिकाउन अथवा प्रचण्ड र देउवा बीच भेटघाट भए नभएको विषयमा नाडी छाम्न पनि ओलीले देउवासँग भेट गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

 जुन अवस्थामा  यतिबेला नेकपाको बिवाद पुगेको छ, त्यो भन्दा एक कदम बिवाद अघि बढ्यो भने पार्टी फुट्ने निश्चित छ । यस्तो अवस्थामा ओली या प्रचण्ड जो सुकैको नेतृत्वमा सरकार बनेपनि नेपाली कांग्रेसको सहयोग अरिहार्य हुन्छ । त्यसैले नेपाली कांग्रेसले सहयोग गर्ने प्रत्याभूति नदिएसम्म  नेकपाका दुवै पक्षले पार्टी विभाजन गर्ने संभावना न्युन छ । एमसीसी  संझौता तथा विधेयकका कारण नेपाली कांग्रेसले ओली पक्षलाई साथ दिने संभावना छ ।

एमसीसी परियोजना नेपाली कांग्रेसको अगुवाईमा अघि बढेको हो । यतिबेला ओलीलाई विस्थापित गर्न प्रचण्ड लाग्नुको मुख्य कारण पनि एमसिसी विधेयक नै हो ।  त्यसैले ओलीको  ठाउँमा प्रचण्ड प्रधानमन्त्री बन्नासाथ एमसीसी विधेयक अलपत्र पर्ने  आशंका नेपाली कांग्रेसले गरेको छ ।

  एमसीसी विधेयकका कारण नेपाली कांग्रेसको साथ ओलीले पाउने र राष्ट्रपति प्रकरणका कारण सेनाको साथ पनि ओलीले नै पाउने अवस्था सिर्जना भए पछि पछिल्ला केही दिनमा नेकपाको समिकरण केही परिवर्तन भएको छ ।  बहुमत सांसदहरु ओली पक्षतिर भएको बुझिएको छ ।

  कहाँ चुके प्रचण्ड ?

  सत्ता राजनीतिको दाउपेचमा प्रचण्ड मुुलुककै सबै भन्दा पोख्न खेलाडी मानिन्छन् । प्रधानमन्त्री ओली विरुद्ध पार्टी र संसदीय दल दुवैमा बहुमत पुर्याए पछि मात्रै प्रचण्डले ओलीको राजीनामा मागेका थिए । पार्टी र संसदीय दल दुवैमा अल्पमतमा परेपछि ओलीले राजीनामा दिन्छन् भन्ने कुरामा प्रचण्ड ढुक्क थिए । जब  पदीय भागवण्डाको कुरामा राष्ट्रपति पद समेत मुछियो तब नेपाली सेना प्रचण्ड सँग सतर्क हुन थाल्यो । प्रचण्डले आँफूलाई प्रधानमन्त्री, माधव नेपाललाई पार्टी सभापति र झलनाथ खानाललाई राष्ट्रपति बनाउने गरी पदीय वाँडफाँड गरेका थिए । तर विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदबाट हटाउना साथ परिस्थितिले नयाँ मोड लिने सूचना नेपाली सेनाको गुप्तचरी निकायले थाह पायो । समाचार स्रोतका अनुसार यतिबेला राष्ट्रपति परिवर्तनको अवश्यकता किन पर्ये ? भनेर  निकटस्थ एक कार्यकर्ताले प्रचण्डलाई सोधेका थिए । उनले जवाफ दिँदै भने-‘ विगतमा माधव नेपाललाई हरियो घाँस देखाएर गिरिजाबाबुलाई राष्ट्रपति बन्नबाट रोकिए जस्तै अहिले झलनाथलाई हरियो घाँस देखाएर विद्या भण्डारीलाई पदमुक्त गर्ने रणनीति अपनाइएको हो,नयाँ राष्ट्रपति चयनका लागि होइन, नन्दबहादुर पुननै कार्यबहाक राष्ट्रपति बन्ने हुन् , त्यस पछि मात्रै हामीले फड्को मार्न सक्छौं ।’

समाचार स्रोतका अनुसार यो सूचना थाह पाउना साथ नेपाली सेनाको  माथिल्लो तहको बैठक बस्यो । माओवादीको हातमा राष्ट्रपति र प्रधानमन्त्री दुवै पद पुग्ने खतरा औंल्याउँदै  सेनाले आफ्नो ताकत प्रयोग गर्न थाल्यो ।  सेनाको यही ताकतका कारण संसदीयदलमा एक्कासी ओलीको शक्ति बढ्न पुग्यो । यतिबेला प्रधानमन्त्री ओलीको पक्षमा संसदीयदलको बहुमत पुगिसकेको दावी निकट स्रोतको छ ।यता प्रचण्ड र माधव नेपाललाई बोलाएर राष्ट्रपति भण्डारीले  नाजायज चलखेल गरेमा परिणम भयावह हुने चेतावनी दिइसकेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *