ताजा समाचार

ओली र प्रचण्डबीच कुरा मिलेन, बैठकबाट निर्णय गर्ने खुमलटार भेलाको निष्कर्ष

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद झन उत्कर्षमा पुगेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच भएको छलफलको क्रममा कुरा नमिलेपछि खुमलटार भेलाले स्थायी कमिटी बैठकबाटै निर्णय गरेर ओलीलाई हटाउने सहमति गर्दै विवादलाई उत्कर्षमा पुर्याएका हुन् ।

शुक्रबार साँझ भएको खुमलटारमा भएको भेटघाटपछि शीर्ष नेताहरुले स्थायी कमिटी बैठक अघि बढाउने र पार्टी निर्णय गर्न लगाएर ओलीलाई हटाउने सहमति कायम राखेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्ताबारे जानकारी दिन दाहालले साँझ सचिवालयका अन्य ५ नेतालाई आफ्नो निवास खुमलटारमा बोलाएका थिए । त्यही छलफलमा दाहालले ओलीसँगको भेटबारे जानकारी गराएको थिए । दिउँसोको छलफलमा अध्यक्ष प्रचण्डले केपी ओलीलाई तपाईंले निकास दिनुपर्छ भनेको र ओलीले दुवै पद छोड्दिनँ भनेपछि नेताहरु ओलीलाई जसरी पनि हटाउने योजनामा लागेका हुन ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो । शनिबार पुनः बैठक बस्ने छ । तर, शुक्रबार सहमतिका लागि भएका कोसिस सकारात्मक नभएपछि शनिबारको स्थायी कमिटी बैठक बस्ने वा नबस्ने अझै अनिश्चित रहेको र शनिवार दुई अध्यक्षबीच भेटघाट भएकाले बैठक प्रभावित हुनसक्ने संभावना पनि उत्तिकै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *