काठमाडौं । दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता दुई वर्ष पुगे लगत्तै गम्भीर संकटमा परेको छ । गत जेठ ३ गते पार्टी एकता भएको दुई वर्ष पुगेपनि एकता प्रकृयाले अझैसम्म नटुंगिएको र सत्ता समीकरण तथा नेताहरुबीच असमझदारी बढ्दै गएपछि सिंकटमा परेको हो ।
प्रधानमन्त्री भएपछि पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीमा अहंकार बढेको, पार्टीको निर्णय नमानेको, पार्टी विधि र पद्धतिलाई अस्वीकार गरेको सरकार सञ्चालनको कार्यले जनतामा असन्तुष्टि बढेको,पार्टी र सरकारमा समन्वय नभएको जस्ता कारण देखाएर पार्टी भित्र अन्तरविरोध बढेपछि अहिले पार्टी फूटको र जुटको दोधामा रहेको छ । पार्टीका शीष नेताहरुले राजनीति दल सम्बन्धी अध्यादेश ल्याएर ओलीले पार्टी फूटाउने बाटो खुला गर्न आरोप लगाएका छन् भने ओली पक्षले सरकारलाई काम गर्न नदिएर दाहाल नेपालले पार्टी फूटाउन लागेको आरोप प्रत्यरोपमा छन् ।
प्रधानमन्त्री ओलीले मदन जयन्तीको दिन भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि पार्टीका शीर्ष नेताहरुले नै ओलीको राजिनामा मागेका थिए । शीर्ष नेताहरुले ओलीले गैरजिम्मेवार अभिव्यक्ति दिएको नेताहरुलाई भारत परस्त भनेका कारण अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न दबाब बढाएपनि ओलीले दुवै पद नछाड्न अडान दोहोर्याएका छन् । विगत एक हप्तादेखि जारी स्थायी कमिटी बैठकलाई समेत ओलीले वेवास्था गरेको, वालुवाटारमा ओलीले आफू पक्षका नेताहरुको भेला गरेको, त्यसको बद्लामा अर्का अध्यक्ष दाहालले पनि ललितपुरमा अर्को भेला गर्नु जस्ता कारणले पार्टीभित्र तिक्तता बढ्दै जाँदा विहिबारको बैठकमा ओली सहभागी भएनन । प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गोतम नारायणकाजी श्रेष्ठकै सल्लाहमा दाहाल राष्ट्रपतिलाई भेट्न पुगेका थिए ।
दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टा भेटघाट गरेका थिए । त्यसक्रममा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको बारेमा छलफल भएको थियो । त्यसक्रममा दाहालले राष्ट्रपतिको गरिमा कायम गर्न र विवादमा आउने कार्य नगर्न अनुरोध गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपटक प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँग छलफल गरेका अध्यक्ष दाहालबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । अध्यक्ष दाहाल दल फुटाउने अध्यादेश अर्काे अध्यक्ष ओली फेरि ल्याउन लागेको आशंकमा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेको थिए । स्थायी समिति बैठकका लागि बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका स्थायी समिति सदस्यहरू र पार्टीका सचिववालय सदस्यहरूबीच अनौपरिचारिक छलफल गरेका थिए । यो अवस्थामा फुटेर सरकार जोगाउन पनि नसक्ने र नेकपा एमालेको सानो समूह चलाएर बस्नुपर्ने निर्णय प्रधानमन्त्री ओलीले गरे भने उनको हालत विगतमा वामदेव गौतमको जस्तै नहोला भन्न सकिँदैन ।
किनभने आम जनमत एकताको पक्षमा छ, विभाजनको पक्षमा छैन । स्वयं केपी ओली समूहकै नेताहरूसमेत पार्टी एकता बचाउने शर्तमा मात्र ओलीलाई साथ दिने पक्षमा छन्, पार्टी फुटाउने शर्तमा होइन । माओवादीसँग पार्टी एकताका लागि स्वयं केपी ओलीले पनि निर्णायक भूमिका खेलेर यहाँसम्म आएको हुनाले उनले पार्टी फुटाउने भूमिका खेल्लान् भन्ने कार्यकर्ताहरूले पत्याउन सकेका छैनन् । यसले गर्दा पार्टी विभाजनतर्फ उन्मुख नहुने नेकपा नेताहरुले दावी गर्दै आएका छन् ।




