ताजा समाचार

नेकपाका प्रवक्ता भन्छन सत्तारुढ दल नेकपाभित्र गम्भीर संकट, पार्टी एकतामा समस्या

काठमाडौं । सत्तारुढ दलभित्र गम्भीर संकट उत्च्पन्न भएको छ । विहिबार बैठकबस्नु अघि बैठक अघि बढाउनेबारे पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुई–दुईपटक छलफल भए पनि बैठक अघि बढाउनेबारे कुनै पनि निष्कर्ष निस्कन नसकेपछि दाहाल एक्लैले बैठक शुरु गरेका थिए ।

विहान ११ बजे शुरु भएको बैठक ३ घण्टा रोकिएर सुरु भएको बैठक पुनः स्थगित भएको छ । पार्टी एकतामा गम्भीर संकट आएको भन्दै बैठक स्थगित भएको छ । बैठक स्थगित भएको जानकारी दिँदै श्रेष्ठले सत्तारुढ नेकपामा खतरा उत्पन्न भएको समेत बताएका छन् । प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ।’

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको वर्षे अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद् बैठकबाट सिफारिस गरेपछि बिहीबार बिहान बसेको स्थायी समिति बैठकमा एकछिन होहल्ला समेत भएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याउनुको कारण माग गरेपछि ओलीले अध्यादेश ल्याउने तयारी नभएको बताएका थिए । तर, संसद अधिवेशन नै अन्त्य गरेको भन्दै तीव्र असन्तुष्टि जनाएपछि बैठक रोकिएको थियो ।अब स्थायी समिति बैठक पर्सि शनिबार बस्ने उनले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *