काठमाडौँ । नेकपाको संस्थापन र संस्थापन इतरको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । पार्टी एकता भए लगत्तै देखि भुसको आगो झै सुरुभएको आन्तिरिक विवादले अहिले पार्टीको भविश्य नै शंकटमा पुर्याएको छ । पार्टीको संकट मोचन गर्न भगीरथ प्रयत्न भएपनि परिणाम भने आउने छाटकाट छैन । नेताहरुको इन्ट्रेसले कार्यकर्तामा समेत विचलन पैदा भएको छ ।
स्थायी समिति बैठक छलेर सत्ता र पार्टीको आयु लम्ब्याउदै आएका प्रधानमन्त्री ओली अहिले स्थायी कमिटि बैठक फेस गर्ने अवस्थामा छैनन । प्रधानमन्त्री ओलीको दूवै पदबाट वर्हिगमन नभएसम्म नेकपाको विद्यमान विवाद टुंगिने अवस्था छैन । अकल्पनीय दुर्घटनाको संघारमा पुगेको नेकपाको विवादको जड प्रधानमन्त्री ओली नै बनेका छन। उनको बोली,व्यवहार र कार्यशैलीबाट रुष्ट बनेका नेकपाका प्रभावशालीनेताहरु एक ठाउँमा उभिएपछि रक्षाकवजका सबै अस्त्र ओलीसामु सकिएका छन । हुनत ओली विरोधी समुहभन्दा केही कुराले अझै माथि छन । उनीसंग शासकीय अधिकार छन । र, राष्ट्रपतिले ओलीले चालेका जस्तो सुकै कठोर निर्णयमा पनि साथ दिने अवस्था छ । त्यसको आडमा ओलीले असीमित फूर्ति देखाउदै आएको विश्लेषण छ । ओलीले सरकार र पार्टीभित्र गराएको नयाँ नयाँ इनिङले झने उनलाई झन समस्यमा लगिरहेको छ ।
केही दिन अघिदेखि सुरु भएको नेकपाको स्थायी समितिको अनिर्णित बैठक आरोप प्रत्यरोपको केन्द्र बनेको छ । आफ्नो विरोध सुन्न नचहाने ओलीले स्थायी समिति बैठकमा बस्ने धैर्यता गुमाएका छन ।
स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भन्ने ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो ।
प्रधानमन्त्री ओलीले विहिबार एकएक संसद अन्त्य गरेपछि नेकपा भित्रको विवाद अनियन्त्रि बनेको छ । अहिले स्थायी समिति एकातिर ओली अर्को तिर भएको अवस्थ छ । यो अवस्थाले आगमी दिन ओलीका लागि अक्करको यात्रा बन्ने निश्चित छ । तर ओलीले आफ्नो जब्बरपन भने त्याग्ने अवस्था पनि छैन ।
विहिबार नेकपाको स्थयी समिति बैठक २ पटक बसेर शनिबारसम्मका लागि स्थगित भएको छ । दुवै बैठकमा ओली अनुपस्थित थिए ।
बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची राखिएका छन ।




