ताजा समाचार

एकै दिन प्रधानमन्त्री ओली दुई पटक शितल निवास किन पुगे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दुई पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । बैठक शुरु हुनुअघि विहान १० बजेतिर शितल निवास पुगेका ओली ११ बजेको बैठकमा आइपुगेका थिए ।
बैठकको शुरुवातमै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजिनामा मागेपछि ओली पुनः बैठकबाट बाहिरिएर शितल निवास पुगेका थिए । वालुवाटार स्रोतले यो भेटलाई नियमित भनेको छ । तर पार्टीको बैठक अघि र पछि प्रधानमन्त्री ओली दुई पटक किन शितल निवास पुगे भन्ने कौतुहलता बढेको छ । यसैवीच , निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ताका लागि निवेदन दर्ता गरिएको छ।
आइतबार नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । नेकपा एमाले नाम गरेको दल गरेको अध्यक्षमा सञ्जय अधिकारी नाम रहेको छ। यसअघि तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर हाल नेकपा गठन भएको छ। तत्कालीन माओवादी नेता गोपाल किँरातीले नेकपा माओवादी नामकै दल दर्ता गरेका छन् र आयोगले त्यसलाई मान्यता पनि दिएका छन्। तर, नेकपा गठन भएपछि नेकपा एमाले नामको दल निर्वाचन आयोगमा दर्ता भएको थिएन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *