काठमाडौं। मंगलबार ३१६ जनामा कोरोना देखिएसंगै नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । अहिलेसम्म प्रदेश नम्बर २ मा सबै भन्दा बढी संक्रमित भेटिएका छन । सबैभन्दा कम संक्रमित वागमती प्रदेशमा छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्रकारसम्मेलन मार्फन सार्वजनिक गरेका तथ्यांक अनुसार प्रदेश नम्बर एकमा ५ सय ९५ जना संक्रमित भेटिएका छन । प्रदेश नम्बर २ मा ३ हजार ७ सय ९४ र बागमती प्रदेशमा ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा १ हजार १७, प्रदेश नम्बर ५ मा ३ हजार ८ सय ७, कर्णाली प्रदेशमा १ हजार ६६ र सुदुरपश्चिम प्रदेशमा २ हजार ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
महोत्तरी, सर्लाही,रौतहट, कपिलवस्तु, दाङ, दैलेख र कैलाली जिल्लामा संक्रमितको संख्या ५ सय नाघेको छ ।
आज प्रदेश १ मा १२, प्रदेश २ मा ४२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा २५, प्रदेश ५ मा ४७, कर्णालीमा १३ र सुदुरपश्चिम प्रदेशमा ३२१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।




