काठमाडौं। विहिबार थप ३१६ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना पुष्टि हुनेहरुमा २४५ पुरुष र ७१ जना महिला छन ।
नियमित प्रेस ब्रिफिङका क्रममा प्रा.डा.जागेश्वर गौतमले हलसम्म १३ हजार ५ सय ६४ जनामा कोरोना पुष्टि भएको बताए । जसमा १६ सय ७५ महिला र ११ हजार ९ सय ७ जना पुरुष छन ।
मंगलबार ५१ पुरुष र ९ महिला गरी ६०जना डिस्चार्ज भएका छन । हालसम्म ३ हजार १ सय ९४ जाना उपचारपछि निको भएर डिस्चार्ज भएको छन । जसमध्ये २७७ महिला र २९ सय १७ जना पुरुष छन ।
क्वारेन्टाइनमा ५३ हजार ७० जना छन भने आइसोलेशनमा १० हजार ३ सय ४१ जना छन । गत २४ घण्टामा ४ हजार ७ सय ११ जना पीसीआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।




