ताजा समाचार

कोरोना भाइरस संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाखभन्द बढीको ज्यान गुम्यो

काठमाडौं। कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमितको संख्या एक करोड १० लाखा भन्दा बढी छ । कोभिड १९ संक्रमणका कारण पाँच मानिसले ज्यान गुमाएका छन ।
कोभिड १९ को प्रभाव सबैभन्दा बढी अमेरीकामा देखिएको छ । अमेरिकामा बढी २५ लाख हाराहारीमा संक्रमितको संख्य छ भने  एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्। विश्वका कुल सङ्क्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।

जोन्स् हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार अमेरिकापछि सबैभन्दा प्रभावित देश ब्रजिल हो। १३ लाखभन्दा बढी सङ्क्रमित रहेको ब्रजिलमा ५७ हजार मानिसको मृत्यु भएको छ। बढी सङ्क्रमितहरू भएका देशहरूमा तेस्रोस्थनमा रहेको रुसमा छ लाखभन्दा धेरै र भारतमा ५ लाखभन्दा बढी सङ्क्रमित छन्। रुस र भारतमा मृत्यु हुनेको सङ्ख्या कम भए पनि सङ्क्रमणको गति तीव्र छ। ब्रिटेन, इटली र फ्रान्स मृत्युदर बढी छ ।  मानिसले ज्यान गुमाएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *