ताजा समाचार

आइतबार ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

काठमाडौं। आइतबार थप ४६३ जनामा कोरोना पुष्टि भएको छ । आज कोरोना पुष्टि हुनेहरुमा ३४८ पुरुष र १०५ जना महिला छन ।
नियमित प्रेस ब्रिफिङका क्रममा प्रा.डा. जागेश्वर गौतमले हलसम्म १२ हजार ७ सय ७२ जनामा कोरोना पुष्टि भएको बताए । जसमा १ हजार ४ सय ७४ महिला र ११ हजार २ सय ९८ जना पुरुष छन ।

क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ जना छन भने आइसोलेशनमा ९ हजार ७ सय ३१ जना छन ।

विहिबार १६६ पुरुष र १३ महिला गरी १८९ जना डिस्चार्ज भएका छन । तीन हजारभन्दा बढी कोरोनामुक्त भएर उपचारपछि अस्पतालबाट घर फर्किएको प्रवक्ता गौतमले बताए । हलसम्म २८ जनाले कारोनाका कारण जीवन गुमएको उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर १ प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *