ताजा समाचार

काँग्रेस पदाधिकारी बैठक सुरु ,यस्ता छन एजेण्डा    

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बोलाइएको बैठकमा पार्टी महाधिवेशन र मुलुकको पछिल्लो घटनाक्रमका बारेमा छलफल हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय महाधिवेशनको मिति २०७७ फागुन ७ गते लाई यथावत नै राखेर प्रदेश,जिल्ला,क्षेत्र र स्थानीय तहको अधिवेशनका सम्वन्धमा छलफल हुने मुख्य सचिव पौडेलले बताए । पौडेलले संकल्पा खबरसंगको कुराकानीका क्रममा भने पार्टी सभापति शेरबहादुर देउवा जसरी पनि फागुन ७ गते महाधिवेशन गर्ने पक्षमा हुनुहुन्छ । कोभिड १९ महामारीको अवस्थालाई हेरेर अब जिल्लाहरुमा महाधिवेशनको प्रक्रिया अगाडी बढाइन्छ । कडा मेहेनेत गरेर भएपनि निर्धारित मितिमा महाधिवेशन गर्ने पक्षमा सभापति देउवा उभिनु भएको छ । तसर्थ निर्धारित मितिमा महाधिवेशन हुन्छ ।

सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाउदै आएको कांग्रेसले सकारका विरुद्ध कठोर कदमा चाल्ने निर्णय समेत गर्न सक्ने मुख्य सचिव पौडेलले बताए ।
आजको बैठकले सरकार विरुद्ध आन्दोलका कार्यक्रम समेत घोषणा गर्न सक्ने उनले बताए । कोमिड १९ को महामारी नियन्त्रणमा सरकार गम्भीर नभएको, जनता खान नपाएर मर्न थालेको, सरकार भ्रष्टाचारमा लिप्त भएको र एकपछि अर्को विवादास्पद विधेयक ल्याउने जस्ता सरकारका गैरलोकतान्त्रिक र अमानवीय कार्यको विरुद्ध कांग्रेस आन्दोलनमा जाने उनले बताए ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *