काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले कोरोना भाइरस कोभिड १९ को स्वाब परिक्षणका लागि जिल्लामा पीसीआर मेसिन खरिद गर्ने घोषणा गरेका छन । शनिवार एक विज्ञप्तीमार्फत केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बस्नेतले उक्त घोषणा गरेका हुन ।
कोभिड १९ को महामारी लम्बिएको,संक्रमितको संख्या बढ्न थालेको र सरकारी स्तरबाट परिक्षणमा ढिलाई हुन थालेपछि नेता बस्नेतले आफ्नै पहलमा पीसीआर परिक्षण मेसिन खरिद गरेर जिल्लामा हस्तान्तरण गर्न लागेको बताए । मेसिनसंगै पीसीआरका लागि चाहिने किट र ३ जना कर्मचारीसमेत व्यवस्था गरिदिने नेता बस्नेतले बताए । यसका लागि करिव डेढ करोड रुपैयाँ खर्चहुने बस्नेतको अनुमान छ ।
जिल्लामा जडान गर्न लागिएको मेसिन संघीय निर्वाचन क्षेत्र नम्बर १ को बाह्रविसे स्वास्थ्य केन्द्रमा जडान गरिने नेता बस्नेतले बताए । नेता बस्नेतद्वारा जारी विज्ञप्तिमा जिल्लामा परिक्षण मेसिन नहुदा कोरोनाको आसंकामा स्वाब परिक्षणका लागि धुलिखेल र काठमाडौं जानु पर्ने बाध्यताबाट मेसिन जडानपछि जिल्लाबासी मुक्त हुने उल्लेख छ ।
मेसिन कसरी खरिद गर्दै हुनुहुन्छ भन्ने संकल्पखबरको प्रश्नमा नेता बस्नेतले पीसीआर मेसिन खरिदका लागि केही सहयोगी संघ संस्था र व्यक्तिसंग कुराकानी भइरहेको बताए । उहाँहरुबाट सकारात्मक जवाफ पाएको छु । पछि उहाँहरुको सहयोग भएन भनेपनि म आफ्नो प्रतिवद्धताबाट पछि हट्दिन बस्नेतले भने जग्गा जमिन बेचेर भएपनि मेसिन खरिद गरेर हस्तान्तरण गरिछाड्छु ।
सरकार कोरोना महामारीको नाममा भ्रष्टाचारमा डुबेको,१० अर्व कोरोनाका नाममा खर्च हुदा समेत परिक्षणको दायरा बढाउनतर्फ सरकार उदासिन बनेकाले आफूले जनताको सेवाको लागि मेसिन खरिद गर्न लागेको दाबी नेता बस्नेतले गरेका छन । जनता कोरोनाले आक्रान्त बनेका छन, सरकार बेसार पानी खानु , हाच्छ्यु गर्नु कोरोना फाल्नु, घरमा बस्नु भनेजस्ता हावादारी गफ व्यस्त रहेको छ । सरकारको यस्तो रवैयाबाट जनताले के गर्छन ? अब जनस्तरबाट पहल नगर्ने हो भने कोरोना रोगले थप महामारीको रुप लिने समेत नेता बस्नेतले दाबी गरे ।
संघीय संसदका सभामुख र वागमति प्रदेशका दुई मन्त्री जिल्लाम हुदा समेत उनीहरु कोरोना रोकथामका लागि संवेदनशील नबनेकाले आफूले बाध्य भएर जनताको जीवनरक्षाका लागि खरिद गरेर हस्तान्तरण गर्न लागेको बताए ।
पूर्व मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गरिदिएका छन । उनले जिल्लाभरका डक्टर, अहेब,नर्स र कार्यालय सहयोगी सहति ६ सय १३ जना स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गरिदिएका हुन ।
बस्नेतले कोरोना भाइरसले सिर्जित महामारीमा सक्रिय रुपमा खटेका नेपाली कांग्रेस सिन्धुपाल्चोकका ६ सय ५१ जना नेता तथा कार्यकर्ताको कोरोना बिमा गरिदिएका छन ।
पूर्वमन्त्री बस्नेतले सक्रिय रुपमा जिल्लामा खटेका पार्टीका नेता तथा कार्यकर्ता, सबै वडाका इकाई सभापतिहरु,निर्वाचित वडा इकाइ सचिव, कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष र वडाध्यक्षका उम्मेद्वारहरुको म्यादी बिमा गरिदिएका हुन ।
हरेका संकटमा नयाँ नयाँ सोच र राहतमुखी कार्यक्रम लिएर जनताका माझ पुग्ने नेता बस्नेतले कोरोना माहामारीमा सरकारले गर्न नसकेको काम गरेका छन । कोरोनाका कारण पहिलो ज्यान गुमाएको जिल्ला सिन्धुपाल्चोका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन आफूले अघि सारेका योजनामा सहयोग गरेकोमा नेता बस्नेतले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद प्रकट गरे ।
सरकार र नेकपाका नेता कार्यकताले महामारीको बेला स्वास्थ्य सामग्री र राहत वितरण गर्दा अवरोध गरेको उनले बताए । नेता बस्नतेले लकडाउन सुरु भएलगत्तैदेखि जिल्लाका अधिकांश स्वास्थ्य संस्थामहरुमा पीपीई, माक्स, स्यानिटाइटर, ग्लोब्स, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । नेता बस्नेतले सुरक्षकर्मी र सञ्चारकर्मीलाई समेत अत्यावस्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन । लकडाउनका कारण खाद्यन्न अभावले छट्पटीएका सडक मजदुरहरुलाई उनले खाद्यन्न समेत उपलब्ध गराएका थिए ।
कोभिड १९ का कारण पहिलो ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुको पोशण,उच्च शिक्षा र रोजगारी समेतको नेता बस्नेतले जिम्मा लिएका छन । उनले शिशुको पौष्टिक आहारको लागि ५० हजार बच्चाको परिवारलाई हस्तान्तरण गरिसकेका छन । बस्नेतले आफ्नो पहलमा शिशुको परिवारलाई आर्थिक सहयोग समेत जुटाइदिएका छन ।
समाज र देश बदल्ने अभियानमा जुटेको राजनीतिक नेतृत्व दूरदर्शी र समयको पदचाप अनुरुच चल्ने नेताको रुपमा पूर्वमान्त्री बस्नेत परिचित छन । जुरेको पहिरो होस या भूकम्पको समय, या कोरोना महामारीमा होस नेता बस्नेतले जिल्लाबासीलाई तन,मन र धन खर्चिएर सहयोग गरेका छन । उनले सहयोगी मनहरुलाई समेत एकत्रृत गरेर विपत्तिको घडीमा जनतालई साथ दिदै आएका छन । पूर्वमन्त्री बस्नेतले हरेक विपत्तिमा उदाहरणीय कार्य गरेर राजनीतिकर्मी र सरकारलाई समेत पाठ सिकाउदै आएका छन ।





