काठमाडौं। शनिवार ५ सय ५४ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ सय ३६ जना पुरुष र १ सय २० जना महिला छन ।
७७ जिल्लामा कोरोना देखिएको छ । नेपालमा १२ हजार ३ सय ९ कोरोना संक्रमितको संख्या पुगेको छ । जसमध्ये १० हजार ९ सय ४० जना पुरुष र १३ सय ६९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
शनिवार १ सय ३६ जनाको डिस्चार्ज भएका छन । जसमध्ये १ सय ३६ जना पुरुष र १८ जना महलिा छन । हालसम्म कोरोनाको उपचारपछि निको भएर २८ सय २४ जना घर फर्केका छन । जसमध्ये २५ सय ९२ पुरुष र २ सय ४२ जना महिला छन । २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्वारेनटाइनमा ६५ हजार ७ सय १२ जना छन । आइसोलेशनमा ९ हजार ४ सय ७४ जना छन ।




