ताजा समाचार

शुक्रबारको पार्टी बैठकमा नआएका ओली कहाँ गए ?

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा केपी शर्मा ओली सरकारी काम रहेको भन्दै उपस्थित भएनन । उनी बैठकमा उपस्थित नभएपछि बैठकमा सहभागीहरुले पार्टी अध्यक्ष नै बैठकमा नआउने हो भने बैठक गर्नुको औचित्य नभएको बताउदै कहाँ उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गएका हुन भनेर खोजी भएको छ ।

्स्थारयी कमिटी सदस्यहरुले बैठकमा उपस्थित नहुनु भएका प्रधानमन्त्री कहाँ व्यस्त हुनु भएको हो भन्दै खोजी गरेका थिए । तर केपी ओली सरकारी काम देखाएर बैठकमा उपस्थित नभएपनि सरकारी निवासबाट बाहिर निस्केका थिएनन । उनी वालुवाटारमै बसेका थिए । बैठकको शुरुमै स्थायी कमिटी सदस्य भीम रावलले राजशी शैलीको सोफा कसका लागि हो भनेर प्रश्न गर्दै पार्टी अध्यक्ष बैठकमा किन आउन नसक्नु भएको हो भन्ने प्रश्न गरेका थिए । रावलले स्पेशल कुर्सी कसको लागि हो भनेर प्रश्न गरेपछि दुई अध्यक्षका लागि राखिएका सोफा हटाइएर समान कुर्सीको व्यवस्था गरिएको थियो । नेता रावलले प्रधानमन्त्री निवास भएर हो कि किन हो पार्टी बैठकमा पार्टीको झण्डा किन राखिएन भन्दै प्रश्न समेत गरेका थिए । ‘नक्सा जारी भएपछि प्रमाण संकलन गर्न भनेर जुन समिति गठन गरियो त्यो गलत भएको र बरु त्यसलाई सीमा व्यवस्थापन वा अन्य नामा दिएर बनाएको भए उपयुक्त हुन्थ्यो, रतन भण्डारी जस्ले सबैभन्दा बढी अनुसन्धान र खोज गरेका छन् उनलाई त्यहाँ वेवास्था गरियो’, नेता रावलको भनाई उद्यृत गर्दै बैठक स्रोतले भन्यो ।

बैठकमा नेपाल भारत सीमामा देखिएको विवादलाई कुटनीतिक माध्यमबाट टुग्याउन सुझाव दिएका छन् । जारी स्थायी कमिटीको बैठकमा शुक्रबार अधिकांश सदस्यहरुले नेपाल भारत सीमा क्षेत्रमा देखिएका विवादलाई भारतसंग कुटनीतिक तबरबाटै टुग्याउन सुझाव दिएका हुन् । बैठकमा सीमा समस्या र समाधानको एजेण्डामा धारणा राख्दै १८ जना नेताहरुले नेपालको नक्सा प्रकाशन, सरकारले भारतलाई पठाएको कुटनीतिक नोट तथा नक्सा प्रकाशन गरेर लागु गर्दा देखिएको राष्ट्रिय एकताको बारेमा आफ्नो धारणा राखेका थिए । ‘भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटर नक्सा प्रकाशन गरेको भन्दै सरकारलाई धन्यवाद दिने काम भयो ।

राष्ट्रिय एकतासहित संविधानको अनुसूचिमा समेत राख्ने ऐतिहासिक पहलकदमीप्रति साथीहरु धन्यवाद दिनुभयो । त्यसलाई ऐतिहासिक कोशेढुंगालाई तार्किक निष्कर्षमा पुर्याउन अझ दृढतापूर्वक अघि बढ्न साथीहरुले सुझाव दिनुभएको छ, लिम्पियाधुरा कालापानी सुस्तालगायतका थप्रै मुद्दामा पनि एकताबद्ध भएर समस्या समाधानका लागि पहल गर्नुपर्ने साथीहरुको धारणा छ’, बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार शुक्रबारको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल–भारत प्रबुद्ध समूहले तयार पारिसकेको इपिजे प्रतिवेदन छिटो बुझाउनका पहल गर्नु पर्ने समेत आवाज उठाएका थिए ।

बैठकमा चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका थिए । बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजीले आफ्नो धारणा राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *