ताजा समाचार

लागू औषध कारोबारमा संलग्न रहेका प्रहरी निरीक्षक शाही पक्राउ

काठमाडौं। लागु औषध कारोबारमा प्रहरी निरीक्षककै मुख्य हात रहेको भेटिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रवहादुर शाही लागु औषध कारोबारमा संलग्न रहेको भेटिएका हो ।

प्रहरीको लागु औषध व्युरोले बुधबार ६ सय ५० बोत्तल कोरेक्स बरामद गरेको थियो । उक्त कोरेक्स कारोबारमा शाहीको संलग्नता देखिएको व्युरोले जनाएको छ । शाही अहिले ब्युरोको कार्यालयमा छन् ।

संलग्न रहेको भन्दै उनलाई बिहिबार कार्यालयमै पुगेर व्युरोको टोलीले सोधपुछका लागि भन्दै प्रक्राउ गरेको प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए । शाही यसअघि पनि विवादमा पर्दै आइरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *