ताजा समाचार

सभा जुलुश गर्न रोक, सरकारी कार्यालय दुई सिफ्टमा खुलाउने

 काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कार्यालय दुई सिफ्ट खुलाउने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले असार १ गतेदेखि सरकारी कार्यालय दुई सिफ्टमा खुलाउने, जोर बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो।

अर्थमन्त्री युवराज खतिवडाले यसरी निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान नपाइने बताए । यसरी गाडी चलाउँदा चालकबाहेक गाडीमा दुई जना राख्नुपर्ने छ भने मोटरसाइकलमा एक जनामात्र हिँड्न पाइनेछ। त्यस्तै सरकारी र निजी कम्पनीका कर्मचारी बोक्नका लागि पनि जोरबिजोर प्रणालीमा सवारी चलाउन पाइनेछ। ‘यसरी सवारी चलाउँदा एक लहरका सिटमा एक जनाका दरले मात्र यात्रु राख्ने र मास्क लगाउनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ,’ खतिवडाले भने।

उनका सरकारले मानिसको हिँडडुलमा भने कुनै रोकटोक नभएको बताएको छ। पैदल यात्रीहरुलाई हिडडुलमा रोकेको छैन भने भेला जुलुश सभा समारोहमा सहभागी हुन भने रोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *