काठमाडौं । भारतबाट आएका नागरिक बोकेको क्वारेन्टनि मा राख्न लगिँदै गरेको टिपर कर्णालीमा खसेको छ । टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको हाे।
बुधबार विहान १०ः२० मा कर्णालीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २ जनाको शव फेला परेको र चार जन घाइतेको उद्धार गरिएको प्रहरी जनाएको छ ।
जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर टिप्पर गएको थियो । थप विवरण आउन बाँकी छ ।




