ताजा समाचार

एक डाक्टर र दुई नर्समा कोरोना संक्रमण देखिएपछि के एम सी अस्पतालका सबै सेवा बन्द

काठमाडौं । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सबै सेवा बन्द गरिएको छ । आफ्ना एक चिकित्सक र दुई नर्समा कोरोना भाइरस संक्रमण देखिएपछि अन्य कर्मचारी र बिरामीमा जोखिम बढ्ने भन्दै अस्पतालले आकस्मिकसहित सबै सेवा बन्द गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले अर्को सूचना नभएसम्मको लागि अस्पताको सबै सेवा बन्द गरिएको जनाएको छ । अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण काम सुरु गरिएको पनि जनाएको छ ।
मंगलबार केएमसीका ३ स्वास्थ्यकर्मीसहित देशभर २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *