कोशी प्रदेश

प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो

काठमाडौं।विहिबार विहान थप १७ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।
वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिश्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा प्रदेश नम्बर १ का १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हरु १८ देखि ५१ वर्ष उमेर समुहका छन । झपाको कचनकवल गाउँपालिकाका १५ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यसै गरी धनकुटाका एक पुरुष र धरान उपमहानगरकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अधिकारीले बताए ।
प्रदेश नम्बर एकमा ७४ ,प्रदेश नम्बर २ मा १३६, वागमती प्रदेशमा २६ , गण्डकी प्रदेशमा ४ जना, प्रदेशनम्बर ५ मा १९६ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को उपचारपछि निकोभएर ४५ जना घर फर्केका छन । दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *