ताजा समाचार

एकै दिन १६ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या ७५ पुग्याे

काठमाडाैं। नेपालगञ्जमा थप ६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।  भेरी अस्पताल नेपालगञ्जमा भएकाे परिक्षणमा ६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले  नेपालगञ्ज–८ का तीन महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताए । उनका अनुसार तीमध्ये १६, २१ र ३४ वर्षीय पुरुष तथा ४०, ५५ र ६० वर्षीया रहेका छन् । योसँगै आजै मात्र बाँकेमा नै सङ्क्रमित हुनेको सङ्ख्या १५ पुगेको छ ।

आइतवार नेपालगञ्जमा १५ जना र पर्सामा १ जनामा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा  एकै दिन १६ जनमा काेराेना संक्रमित थपिएका छन । नेपालमा काेराेना संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।

आज नेपालमा पहिलोपटक सबभन्दा बढी सङ्क्रमित १६ जना देखिएको पहिलोपटक हो । यसअघि वैशाख ५ गते एकै दिन उदयपुरमा १२ र चितवनमा दुईजना सङ्क्रमित देखिएका थियो ।Image may contain: text

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *