काठमाडौं।नेपाली सेनाले ६७ प्रकारका औषधि खरिदका लागि लागि चीनसँग सम्झौता गरेको छ। नेपालका तर्फबाट आइतबार सम्झौतामा हस्ताक्षर गरिएको हो। उक्त सम्झौतामा अब चीनले पनि हस्ताक्षर गरेर नेपाललाई पठाउने छ।
नेपालले जीटूजी प्रक्रियाबाट चीनको सरकारी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको हो। सम्झौता अनुसार सेनाले सोमबार नै चीनलाई रकम पठाउने तयारी गरेको छ। रक्षामन्त्रालय स्रोतका अनुसार चीनबाट सम्झौता हस्ताक्षर भएर आएपछि पैसा पठाउने तयारी हुनेछ । नेपालले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो। चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने जनाएको छ।
यसअघि दुुई देशबीच सम्झौताको खाका आदान प्रदान भएको थियो। खाकामा सहमति जुटेपछि सम्झौतामा हस्ताक्षर भएको हो। भारतले पनि ५३ प्रकारका औषधि पठाउने भएको छ । भारतले दिल्लीस्थित नेपाली दूतावासमा र चीनले गोन्जाओबाट औषधि पठाउने कुराकानी भएको परराष्ट मन्त्रालय स्रोतले जनाएको छ ।
सेनाले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउन लागेको हो। सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । त्यसैअनुसार नेपाली सेनाले औषधि खरिद प्रकृया अघि बढाएको हो ।




