ताजा समाचार

प्रधानमन्त्रीको आइसोलेशन र नेकपाको क्वारेन्टाइन कहिलेसम्म ?

भारतीय नाकाबन्दी को समयमा चर्को राष्ट्रवादी नारा र अडान राखेका कारण एकाएक लोकप्रिय बन्नुभएका तत्कालिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तत्कालिन नेकपा माओवादी समेतलाई एमालेमा बिलय गराउन सफल भै दुई तिहाई नजिकको सुबिधाजनक बहुमत प्राप्त गर्न सफल हुनु भएकोले उहाँलाई शक्तिशाली व्यक्तिको रुपमा स्वीकार गरेका थिए नेपाली जनताले । आशा र भरोसा राखी उल्लेख्य समर्थन र सहयोग पुर्‍याइ स्थिर सरकार बनाउन बलियो आधारको रुपमा जनसमर्थन प्राप्त भएको देखिन्थ्यो अर्थात संसदीय जोड घटाउका कारण सरकार फेरबदल हुनुपर्ने र प्रधानमन्त्री परिवर्तन भइरहने पिरिस्थति निर्माण जनमतमार्फत बनेको थियो ।

सबैलाई थाहा जानकारी भएकै विषय हो कि प्रधानमन्त्री बिरामी हुनुहुन्छ, मिर्गौला प्रत्यारोण भएको लामो समय भएकाले कुनै पनि बेला समस्य आउन सक्छ भन्ने अनुमान सबैको नै हो । स्वयं प्रधानमन्त्रीले पार्टी भित्र र बाहिरको छलफल र कुराकानीमा आफूसंग समय धेरै नभएको आसय व्यक्त गर्दा आफ्नो नाजुक स्वास्थ्यस्तिथिको संकेत गरेको अर्थमा बुझिन्थ्यो । त्यसैले पनि प्रधानमन्त्री ओलीका प्रायः निर्णयहरु देश र जनताप्रति लक्षित तथा केन्द्रीत हुन्छन् भन्ने अपेक्षा राखिन्थ्यो तर बलियो जनसमर्थन प्राप्त भएपछि उहाँमा बिकसित भएको दम्भ र अहंकारले सुरु देखिनै सरकार र प्रधानमन्त्रीको बिस्वास र अपेक्षा कमजोर हुदै गयो । सरकारका निर्णय, प्रधानमन्त्रीको छनोट,मन्त्रिपरिषदका सदस्य तथा एकता पश्चतातको पार्टीभित्रको गोलमाल र शक्ति संघर्षको गतिबिधीले कहिले पनि सकारात्मक सन्देस प्रबाह गर्न सकेन । आफूसँग असहमत पक्षलाई समाप्त नै गर्नुपर्छ भने शैलीमा अगाडि बढेका दुई क्याप्टेन भएको जाहज क्याप्टेनहरुकै असमझदारीका कारण दुर्घटना हुनसक्ने खतरा पो बढ्न थाल्यो । जहाजको सन्तुलन नै बिगारी दुर्घटना गराउने किसिमको गडबडी जहाज भित्र बिकसित हुन थाल्यो । जसले गर्दा जुन बिश्वास र अपेक्षाका साथ आफ्नो अभिमत जाहेर भएको थियो त्यसमा गम्भीर धोका भएको महशुस आम जनताले गर्न थाले ।

सत्ता संघर्ष, पार्टीभित्रको बेमेल चरम उत्कर्षमा पुग्न लागेका क्षणमा प्रधानमन्त्रीको प्रायारोपित मिर्गौलाले काम गर्न छाडेका कारण अनेक समस्या देखिन थाल्यो र नियमित डायलाशिस गर्नु पर्ने अवस्था आयो । स्वास्थ्यजस्तो सवेदनशील बिषयलाई लिएर वरिष्ठ नेतहरु बीच हिलो छ्यापाछ्यापको स्थिति पनि आयो । सामान्य मानिसले पनि बोल्न नसक्ने, व्यक्त नगर्ने, नओकल्ने शव्दहरु सुन्न, हेर्न, देख्न आम जनता बाध्य भए । अन्ततः प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपण गर्ने अवस्थासम्म आइपुग्दा सत्तारुढ दल भित्र ठूलै भुइचालो आइसकेको सर्बत्र महसुस भएको थियो । संमृद्ध नेपाल र सुखी नेपालीको नारा भ्रष्टाचार, अनाचार र दूराचारमात्र होइन व्यभिचारमा रुपान्तरित भएको विभिन्न घटनाक्रमहरुबाट पुष्टि एवं प्रमाणित हुँदै गएको छ । स्थिर र स्थाई सरकारको नारा एवं अवधारण माथि गम्भीर प्रश्नचिन्हहरु खडा भएका छन् । राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थाका लागि संविधान संशोधन र राष्ट्रियसभा सदस्य हुने इच्छा जाहेरजस्ता घटना परिघटना तथा आफू प्रधानमन्त्री भए नेपाल सिंगापुर स्विजरल्याण्ड भैहाल्ने उद्घोष एवं भविश्यवाणीले नेपाली जनता लज्जित हुनुपर्ने परिस्थिति बिकसित हुदै गएको छ।प्रधानमन्त्री तथा नेकपाको राष्ट्रवादको नारा, रुप र स्वरूप लिपुलेक लिम्पियाधुरा र कालापानीमा देख्न थालिएको छ । के कुन प्रयोजनाका लागि राष्ट्रियताको नारा जपिएको रहेछ भन्ने अनुमान लगाउन थालिएको छ । जनताले बुझेको, चिनेको, सोचेको केपी ओली वा सरकार नभएको निष्कर्षमा दुई बर्षर् भित्रै नेपाली जनता पुगेको छन् ।

ठीक छ,प्रधानमन्त्री स्वास्थ्य हुनुहोस भन्ने सबैको सुभकामना र चाहाना छ । त्यसका लागि उहाँले आराम गर्नु आवश्यक छ । संक्रमणको उच्च जोखिम भएकाले ६ महिनादेखि एक वर्षसम्म आराम गर्नुपर्छ भन्ने चिकित्सकहरुको सल्लाह सुनिन्छ । यो अवस्थामा प्रधानमन्त्री ओलीलाई आराम गर्न दिने कि नदिने । देसको कार्यकारी प्रमुखले आराम गर्न पाउछ कि पाउदैन,मिल्छ कि मिल्दैन ? देस र जनताप्रतिको जिम्मेवारी बहन गर्छु भन्ने सपथ खाएको व्यक्तिले आराम गर्न पाउदैन,मिल्दैन । धेरै भेटघाट र छलफल गर्दिन ,मानिसहरु संग भेट्ििदन भन्न पनि सुहाउँदैन । आवस्यक परेको खण्डमा चौबीसै घण्टा समय दिनुपर्ने हुन्छ । कोरोना भाइरस को त्राशले संसार आतंकित भएको परिस्थितिमा नेपालको तयारी प्रभावकारी नभएको, आवस्यक निर्णय तथा प्रबन्ध हुन नसकेको गुनासो रहेको छ । प्रधानमन्त्री स्वयं उच्च जोखिममा रहनु भएको छ । नेकपाले यस बिषयमा केही सोचेको छ ? देश, जनता र स्यंम प्रधानमन्त्रीको हितमा के हुन्छ ? गम्भीर छलफल र परामर्श भएको छ भने कम्तिमा नेपाली जनताले थाहा पाउनु पर्ने हो । तर त्यसको कुनै छनक नै छैन । प्रधानमन्त्री शिक्षण अस्पतालमा आराम गर्ने अनि नेकपा अन्य जिम्मेवार कार्यकर्ताहरु अस्वस्थ्य र रोगी अध्यक्ष एवं प्रधानमन्त्रीलाई थप कमजोर कसरी बनाउन सकिन्छ भनि सल्लाह छलफल र परामर्श गर्न कहिले खुमलटार,कहिले कोटेश्वर, कहिले डल्लु त कहिले भैसिपाटीमा क्वारेन्टाइनमा बस्नेत अवस्थाको निरन्तरता नै हो,नेपाली जनता र देसप्रतिको जिम्मेवारी र उत्तरयित्व ?

नेपाली जनताले प्रश्न गरेका छन्, प्रधानमन्त्रीको आइसोलेशन र नेकपाको क्वारेन्टाइन कहिलेसम्म ? लिपुलेक,लिम्पियाधुरा र कालापानीले कहिलेसम्म पर्खनु पर्ने ? कोरोनाको त्रासबाट बिश्वस्थ हुन सक्ने वातावरण स्वास्थ्य मन्त्रिले भने झैँ जनता स्वयंले व्यवस्था गर्नु पर्ने हो ? सुखी र संमृद्ध हुँने मार्गचित्र यस्तै हो ? रेल र पानीजहाजको सपना अलप हुने कि ब्युतिने ? देसको सार्वभौम सात्ताको प्रयोग गर्ने कार्यकारी बेहोस भएजस्तै सबैले होस गुमाउनु पर्ने हो कि ? के हो ? भष्टाचारको आशंकामा राजीनामा गरेका सञ्चार मन्त्रिलाई प्रधानमन्त्रीले सफाइ दिए हुने कानूनी ब्यबस्था कहिलेदेखि बहाल भएको हो ? भन्ने कसलाई सोध्ने ? सोध्न मिल्ने हो वा होइन ? नेकपा क्वारेनटीनमा नै बस्ने कि स्वास्थ्य लाभको लागि प्रधानमन्त्रीलाई आराम गर्न, समय उपलब्ध गराउन, नेकपा स्वास्थ्य छ भन्ने सन्देस सहित आवश्यक र उपर्युक्त निर्णय गर्न बाहिर निस्कने ? प्रधानमन्त्री एवं अध्यक्ष अस्वस्थताका कारण आइसोलेसनमा रहनु परेकाले नेकपाले पनि त्यही बाटो अनुशरण गर्ने ? संविधान देस र जनताप्रति जिम्मेवारी र उत्तरदायित्व महसुस छ कि छौन ? ओलीलाई तह लगाउन बामदेव लाई प्रयोग गर्ने, दाहाललाई तह लगाउन कसलाई प्रयोग गर्ने भने गहृकार्यमा नै हो एकान्तवास ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *