ताजा समाचार

देउवाविरूद्ध चाक्सीवारीमा पाैडेल समुहकाे भेला,विभाग गठन नमान्ने निर्णय

काठमाण्डाैं।कांग्रेस बरिष्ठ नेता रामचन्द्र पाैडेल समुहले प्रकाशमान सिहकाे निवास चाक्सीवारीमा वृहद भेलागरेकाे छ। कांग्रेस महाधिवेशन गरेकाे चार बर्ष पुगेकाे भाेलिपल्ट नै चाक्सीवारीमा बरिष्ठ नेता रामचन्द्र पाैडेल निकट जिल्ला सभापतिकाे भेला डाकिएकाे हाे । यस भेलामा महामन्त्री डा.शशांक काेइराला समेत उपस्थित थिए।डा.मिनेन्द्र रिजालदेखि अर्जुननरसिह केसी,सीतादेवी यादवसम्म साे भेलामा थिए।तर भेलामा डा.शेखर काेइराला र कृष्णप्रसाद सिटाैला भने उपस्थित थिएनन।

कांग्रेस सभापति शेरवहादुर देउवाले हालै गठन गरेकाे विभागीय प्रमुख प्रति साे भेलाले असहमति जनाएकाेछ।यस्तै यहि भेलाले कांग्रेस नीति प्रतिष्ठानले गरेकाे उपसभापतिकाे भेला बहिष्कार गर्ने निर्णय पनि गरेकाे छ।

चार बर्षमा महाधिवेशन गर्ने कांग्रेसकाे विधानमा उल्लेख छ। तर कांग्रेसले अर्काे फागुनमा मात्र महाधिवेशन गर्ने मिति टुंगाे गरेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *