ताजा समाचार

कोरोना भाइरसकाे त्रास : विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयकाे आग्रह

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने त्रास बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले कक्षा एक देखि नौ सम्मको परिक्षा चैत्र पाँच गतेभित्र सम्पन्न गरिसक्ने वातावरण मिलाउन सबै विद्यालयलाई आग्रह गरेको हो । यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सव लगाएतका भीडभाड हुने कार्यक्रम नगर्न मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *