ताजा समाचार

माधव नेपालले भने-मयल निकाले जस्तै गलत मान्छेलाई पार्टीबाट निकाल्नुपर्छ

काठमाण्डाैं।पुर्वप्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव नेपालले शरिरबाट मयल निकाले जस्तै पार्टीमा रहेका गलत कार्यकर्तालाई निकाल्नुपर्ने बताएका छन।उनले धनगढीमा भएकाे कार्यक्रममा कम्युनिष्ट विचार वाेक्न नसक्ने कार्यकर्तालाइ समयसंगै पार्टीबाट निकाल्नुपर्ने बताएका छन।

धनगढीमा उनले करिव ४० मिनेट लामाे सम्वाेधन गर्दै भियतनामकाे उदाहरण समेत दिएका छन।उनले भनेका छन-भियतनाममा हरेक बर्ष कुनै न कुनै निहुँमा कम्युनिष्ट पार्टीका कार्यकर्ता निकालिदाे रहेछ।किनभने याे शरिरसंग तुलना गरयाे भने वुझिन्छ।जस्ताे,हामी अनेक कुरा खान्छाैं,र विकारकाे रूपमा विष्टा निक्ल्न्छ।पसिना निस्कन्छ।यतिले पनि नपुगेर छालाबाट मयल भएर निस्कन्छ।

उनले यसरी उदाहरण दिदै खराव काम गर्ने कम्युनिष्ट हुनै नसक्ने बताएका छन।नेता नेपालले कम्युनिष्टकाे सरकार भएपनि उदाहरणीय काम गर्न नसकेकाे बताएका छन।उनले पद भन्दा बाहिर रहदा नम्र हुने तर पदमा पुगेपछि हुँकार गर्ने परिपाटी पलाएकाे पनि बताए।

नेता नेपालले एमसीसीकाे वारेमा बहश पछि मात्र पार्टीले धारणा बनाउने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *