काठमाण्डाैं।नेकपा अध्यक्ष पुष्पकमल दाहालले वामदेव गाैमत राष्ट्रिय सभा सदस्य भइ छाडने बताएका छन।शुक्रवार चितवनमा पुगेका अध्यक्ष दाहालले नेकपाकाे सचिवालय वैठकले सर्वसम्मत रूपमा वामदेवकाे नाम सिफारिश गरेकाेले यसबाट प्रधानमन्त्री पछि हटने भन्ने वारेमा नसाेचेकाे बताएका छन।
उनले चितवनमा पत्रकारहरूसंग वाेल्दै यस्ताे बताएका हुन। उनले प्रधानमन्त्रिले केही समय लिएकाे मात्र हाे भन्दै वामदेवकाे ठाउँमा अर्काे ब्यक्ति जान नसक्ने बताए।तर प्रधानमन्त्री अेालीले भने युवराज खतिवडालाई सदस्य कायम राख्ने मनशाय ब्यक्त गरेकाे खवरहरू आइरहेका छन।
प्रचण्डले भने अर्थमन्त्री हुन राष्ट्रियसभा सदस्य भइरहन नपर्ने समेत बताएका छन।संविधानमा राष्ट्रिय सभा सदस्य नभएपनि ६ महिनासम्म मन्त्री बन्न सक्ने प्रावधान छ ।




