ताजा समाचार

नेकपाकाे विवाद : सरकार परिवर्तन कि मध्यावधि चुनाव ?

काठमाण्डाैं।नेकपा भित्रकाे विवादले उत्कर्ष रूप लिएपछि अब यसकाे अन्तिम हद के सम्म हुन सक्छ भनेर बहश हुन थालेकाे छ।राष्ट्रियसभा सदस्य कसलाइ बनाउने भनेर नेकपाभित्र विवाद भएपछि याे बहश हुन थालेकाे हाे।नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गाैतमलाइ बनाउने सर्वसम्मत निर्णय गरेकाे थियाे तर याे निर्णय भएकाे एक घण्टापछि नै प्रधानमन्त्री केपी अेालीले वामदेवलाइ राष्ट्रियसभा सदस्य बनाउन नसकिने बताएपछि विवादले उग्र रूप लिएकाे छ।प्रधानमन्त्री अर्थमन्त्री डा.युवराज खतिवडालाइ नै राष्ट्रियसभा सदस्य राखिरहन चाहन्छन।प्रधानमन्त्रीलाइ वामेदवलाइ राष्ट्रियसभा सदस्य बनायाे भने प्रधानमन्त्री पद खतरामा पर्ने भय देखिन्छ।तर नेकपा नेताहरू पुष्पकमल दाहाल प्रचण्ड,माधव नेपाल,झलनाथ खनालहरू भने पार्टी निर्णय नमान्ने हाे भने प्रधानमन्त्रीले खतरा माेल्नुपर्ने चेतावनी दिन थालेका छन।नेकपा स्राेतका अनुसार,यदि प्रधानमन्त्री अडानमा कायम रहे भने नेकपा सचिवालयका अन्य सदस्यले पार्टी निर्णय गरि प्रधानमन्त्रीलाइ सरकारबाट फिर्ता बाेलाउने निर्णय गर्ने तयारी गरेका छन।यसाे भएमा उनी सरकारबाट हटनेछन।र,सचिवालयमा प्रधानमन्त्री भन्दा बाहेकका सदस्यसंग बहुमत पनि छ।यसाे भएमा नेकपाकाे दुइ तिहाइकाे सरकार ढल्न सक्छ।तर,जब नेताहरूले यस्ताे चेतावनी दिए,तब प्रधानमन्त्री भने मध्यावधि चुनावमा जाने चेतावनी दिन थालेका छन।यसाे भएमा उनकै नेतृत्वमा अर्काे चुनाव हुनेछ।नेकपा भित्रकाे याे विवादले सरकार धरमराएकाे छ भने पार्टी भित्रकाे विवाद कुन हदकाे रहेछ भन्ने कुरा पनि जगजाहेर भएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *