ताजा समाचार

कसले दियाे ओलीलाई केक भनेर नेपालकाे नक्सा काटेर खाने बुद्धि ?

काठमाण्डाैं।हेलिकाेप्टर नै चार्टड गरेर केक तेह्रथुम पुर्याएपछि निकै धेरै आलाेचना खेपेका प्रधानमन्त्री केपी ओली यसपछि झन धेरै आलाेचित भएका छन। उनले पहाडी जिल्ला तेह्रथुम जहाँ मकै र काेदाेकाे राेटी र ढिंडाे खानु नै ठूलाे उपलब्धि हुन्छ,त्यहाँ पुगेर केक काटेर खानु राजशी ठाँट भएकाे टिप्पणी भइरहेकाे बेलामा अझ केक मै नेपालकाे नक्सा बनाएर त्यसलाइ टुक्रा टुक्रापारेर खाएपछि त झन बढी उनकाे आलाेचन भएकाे छ। भारतले नेपालकाे नक्सा मिचेर खाइरहेकाे बेलामा चुइक्क वाेल्न नसकेका ओलीले आफै नेपालकाे नक्सा बनाएर केक काटेर खाँदा के सन्देश गएकाे छ भन्ने सामान्य हेक्का समेत राखेकाे पाइएकाे छैन।

स्राेतका अनुसार,याे नक्सा वालुवाटारमा नै बनेकाे थियाे। र,प्रधानमन्त्री चढेर गएकाे हेलिकाेप्टरमा नै केक पनि राखिएकाे थियाे। पहाडी जिल्लामा जन्म दिन मनाउने फरक खालकाे चलन छ,त्यहाँ यसरी केक काटने पश्चिमा चलन छैन। हिन्दु परम्परा र मठ मन्दिरकाे पूजा गर्दिन भनेर भाैतिकवादी भएकाे ढाेंग गर्ने प्रधानमन्त्री अेालीले क्रिश्चियनले जन्म दिन मनाउने शैलीकाे भने ठयाक्कै अनुशरण गरेका छन।

उनले जन्म दिन जन्मघर मनाएपछि भने नेपालकाे नक्सा बनाएकाे केक काटेर खाए र खुवाए पनि ।यसले नेपालमाथि कसरी आफनैले दागा धरेका रहेछन भन्ने पुष्टि पनि गरेकेा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *