ताजा समाचार

संविधान संशाेधनकाे लागि नेकपाले कार्यदल गठन गर्‍यो,माधव नेपाल संयाेजक

काठमाण्डाैं।नेकपाले संविधान संशाेधनकाेलागि कार्यदल गठन गरेकाे छ।पार्टी बरिष्ठ नेता माधव नेपालकाे संयाेजकत्वमा तिन सदस्यी कार्यदल गठन गरिएकाे हाे । कार्यदलमा नेता नेपाल सहित सुवास नेम्वाङ र खिमलाल देवकाेटालाई सदस्य बनाइएकाे छ। नेम्वाङ पूर्वसभामुख हुन भने देवकाेटा संविधानसभा सदस्य हुन।

उनीहरूलाई संविधान संशाेधनकाे लागि अध्ययन गर्न म्यान्डेट दिइएकाे छ।याे कार्यदलले विस्तृत अध्ययन गरेर रिपाेर्ट वुझाउनुपर्नेछ।

संविधान संशाेधनकाे माग राखेर सरकारमा सहभागी भएकाे समाजवादी दल संशाेधन नभएपछि वाहिरियाे भने यहि मुद्धामा सहमति नहुदा राजपा सरकारमा सामेल भएकाे छैन।यता,राष्ट्रियसभामा जाने तयारीमा रहेकाे नेता वामदेव गाैतमले प्रधानमन्त्री हुने वाटाे नखाेले नजाने अडान लिइरहेका छन।यहि मुद्धामा सहमति खाेज्न संविधान संशाेधनकाे लागि अध्ययन गर्न कार्यदल गठन गरिएकाे हाे।नेकपाले लामाे समयदेखि संविधान संशाेधनकाेलागि नकार्दै गरेकेा थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *