काठमाण्डाैं।नेपाली कांग्रेसले सन्चारमन्त्री गाेकुल वास्काेटाकाे राजीनामा माग्दै राष्ट्रियसभा अवरूद्ध गरेकेा छ।विहिवार बसेकाे राष्ट्रियसभामा कांग्रेस सांसदहरूले उठेर यसमा विराेध गरेपछि बैठक अवरूद्ध भयाे।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० कराेड घुस मागेकाे अभियाेग लागेपछि मन्त्रीलाइ पदबाट हटाउन माग गर्दै कांग्रेस सभा अवरूद्ध गरेकाे हाे । कांग्रेसले सदन राेकेपछि अब याे वैठक फागुन १५ गतेसम्मकाे लागि स्थागीत गरिएकाे छ।




