ताजा समाचार

कांग्रेसले भन्याे-सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरियाेस

काठमाण्डाैं। नेपाली कांग्रेसले ७० कराेड घुस मागरेर बदनाम भएका सञ्चार मन्त्री गाेकुल वास्काेटालाई तत्काल हटाउन माग गरेकाे छ।कांग्रेस प्रवक्ता गाेकुल वास्काेटाले विज्ञप्ति जारी गर्दै यति ठुलाे घुस काण्ड सार्वजनिक भएपछि यसलाई नजरअन्दाज गर्न नमिल्नेबताएकाे छ।

कांग्रेसले जारी गरेकेा बक्तब्यमा मन्त्रीलाई तत्काल हटाउन र यस घटनाकाे निष्पक्ष छानवीन गर्न माग गरेकाे छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लामाे समय देखि कमिशनकाे चक्कर रहेकाे भन्दै यसवारेमा अनेक समाचार प्रकाशन र प्रशारण भएका थिए।तर,यसवारेमा सरकारले कुनै प्रतिक्रिया दिएकाे थिए।यसै विषयमा संसदकाे सार्वजनिक लेखा समितिले यसवारेमा छानवीन गरिरहेकाे थियाे।यसवारेमा आज नै एउटा धारणा सार्वजनिक गर्ने तयारीमा लेखा समिति थियाे तर यस भन्दा पहिले नै घुस काण्ड सार्वजनिक भएकाे छ। यसवारेमा मन्त्री वास्काेटाले ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *