ताजा समाचार

कमल थापाले भने-प्रधानमन्त्रीज्यु,सञ्चारमन्त्रीलाई तत्काल हटाउनुस

काठमाण्डाैं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० कराेड रकम घुस मागेकाे रहस्य खुलेपछि अहिले सञ्चार मन्त्री गाेकुल वास्काेटालाइ हटाउन दवाव पर्न थालेकाे छ।  राप्रपा अध्यक्ष कमल थापाले टिवट गर्दै सञ्चार मन्त्री वास्काेटालाई हटाउन माग गरेका छन।उनले भनेका छन-तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।

अहिले सञ्चार मन्त्री वास्काेटालाई लिएर सामाजिक सञ्जालमा अनेक थरि टिप्पणी हुन थालेकाे छ।केही दिन अघि मात्र प्रधानम्न्त्री केपी अेालीले राजनीतिक तुलाेमा राख्दा गाेकुल वास्काेटा एकातिर र अन्य नेता अर्काेतिर हुने बताएका थिए।तर त्यसकाे तेस्राे दिनमा नै वास्काेटाकाे घुस काण्ड सार्वजनिक भएकाेछ।उनी स्वयमले भने घुस खानु पर्ने कुनै वाध्यता नरहेकाे बताएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *