ताजा समाचार

नेपालमा कम्युनिष्ट पार्टी कमजाेर बनाउन अर्बाैं रकम खर्च भइरहेकाे छ-प्रचण्ड

काठमाण्डाैं।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी सिद्धाउने खेल भइरहेकाे रहस्य खाेलेका छन।सुर्खेतमा भएकाे एक कार्यक्रममा वाेल्दै उनले नेपालकाे कम्युनिष्ट पार्टी सिद्धाउने खेल भइरहेकाे बताएका छन।उनले भने-समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।विश्वमा नै कम्युनिष्टहरू कमजाेर भएकाे बेलामा नेपालमा भने माैलाएकाे धेरैलाइ मन नपरेकाे भन्दै उनले यसैले विभिन्न खेलर र ठुलाे रकम लगानी भइरहेकाे बताए।

अध्यक्ष दाहालले नेपाल सरकारले छिटै लिम्पियाधुरा र कालापानी समेटेकाे नक्सा नेपालले जारी गर्ने समेत ठाेकुवा गरे। उनले भने-नेपालकाे नक्सा मिचिएकाे बारेमा जानकारी गराइसकिएकाे छ,र अब सरकारले यस वारेमा छिटै नै नक्सा जारी गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *