ताजा समाचार

चीनबाट ल्याएका कसैलाई पनि काेराेना भाइरसकाे संक्रमण नदेखिएकाे सरकारकाे दावी

काठमाण्डाैं।गत शनिवार चीनकाे वुहान क्षेत्रबाट नेपाल फिर्ता ल्याएका नेपालीहरू मध्ये कसैलाई पनि काेराेना भाइरसकाे संक्रमण देखा नपरेकाे सरकारले दावी गरेकाे छ।शनिवार नेपाल फर्केका नेपालीका स्वास्थ्य परिक्षण गर्दा यस्ताे देखिएकाे हाे।उनीहरूलाई भक्तपुरकाे क्वारेन्टाइनमा राखिएकाे छ।यहाँ राखिएका एक सय ७५ जना नै सुरक्षित रहेकाे सरकारले जनाएकाे छ। उनीहरूलाई दुई सातासम्म अलग राखिनेछ।अब १४ दिनपछि पुन उनीहरूकाे स्वास्थ्य परिक्षण गर्ने सरकारले जनाउकाे छ।स्वास्थ्य मन्त्रालयका सचिवले पत्रकार सम्मेलन गरि सवै सुरक्षित रहेकाे जानकारी दिएका हुन।

चीनमा काेराेना भाइरसकाे संक्रमण देखिएपछि सरकार वुहान र नजिकका क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याएकाे हाे।

चीनमा मात्र यस भाइरसकाे संक्रमणबाट २ हजार मानिसकाे मृत्यु भइसकेकाे छ।यति ठूलाे मात्रामा मानिसका ज्यान जाने र संक्रमण फैलने थालेपछि चीनमा रहेका नेपालीका परिवारजन अत्तालिएर उनीहरूकाे उद्दारकाे लागि सरकारलाई दवाव दिएका थिए।यसपछि सरकारले नेपाल एयरलायन्सकाे विमानबाट गत शनिवार नेपाल ल्याएकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *