काठमाण्डाैं।एन्फा पाेखराका अध्यक्ष मिलन गुरूङलाई झाप्पु हानेपछि दुइ दिनसम्म प्रहरी हिरासतमा परेका डन सांसद दीपक मनाङे जम्मा ४ हजार धराैटीमा उहिल्यै छुटे ।तर उनकाे मुक्का खाएका मिलन भने विहिवार २ लाख धराैटी राखेर बल्ल बल्ल छुटेका छन।
सार्वजनिक रूपमा नै भेटेकाे भए अझ पिटथें भनेर दीपकले भनेका समेत थिए।यति हुदा पनि मिलन भने लामाे समय प्रहरी हिरासतमा मात्र परेनन,फागुन १९ गते प्रहरीमा पुन हाजिर हुने गरि रिहा भएका छन।
उनलाइ बैंकिङ कसुरमा प्रहरीले छानवीन गरिरहेकाे थियाे । तर खेलकुदकाे क्रममा राम्राे ब्यवस्थापन नगरेकाे भन्दै दीपकले उनलाई पिटेका थिए।यसपछि मिलनले सुरक्षाकाे माग गर्दै प्रहरीमा उजुरी हालेका थिए।विहिवार उच्च अदालत पाेखराले उनलाइ रिहा गरेकाे हाे ।




