ताजा समाचार

गच्छदारकाे पक्षमा कांग्रेस उभियाे,छानी छानी नेता फसाउन खाेजेकाे भन्दै सदन अवरूद्ध

काठमाण्डाैं।अख्तियारले छानी छानी नेपाली कांग्रेसका नेतालाइ फसाउन खाेजेकाे भन्दै नेपाली कांग्रेसले सदन अवरूद्ध गरेकाे छ।विहिवार बसेकाे संसद वैठकमा कांग्रेसले कांग्रेस उपसभापति विजय गच्छदारलाइ मुद्धा लगाएकाे भन्दै यसकाे विराेध गरेकाे छ।वुधवार मात्र अख्तियारले गच्छदार सहित १७५ जना विरूद्ध विशेष अदालतमा मुद्धा दायर गरेकेा छ।पटक पटक मन्त्री भएका गच्छदार वालुवाटार जग्गा प्रकरणमा मुछिएकाे भन्दै १३ बर्ष कैद सजाय र ९ कराेड भन्दा बढी विगाे दावी सहित विशेष अदालतमा मुद्धा दायर भएकाे हाे।

तर विहिवार विहानै कांग्रेस सभापति शेरवहादुर दउवाकाे निवास वुढानिलकण्ठमा बसेकाे कांग्रेस वैठकले अख्तियारकाे कदमप्रति असहमति जनाएकाे हाे।साे वैठकले सदन र सडक सवै माेर्चामा विराेध गर्ने निर्णय गरेकाे थियाे।

यसै अनुसार,विहिवार कांग्रेसले सदन अवराेध गरयाे।कांग्रेस सचेतक पुष्पा भुषालले सदन वाेल्दै अख्तियारले प्रतिशाेधपुर्ण कदम चालेकाे आक्षेप लगाउदै सदन चल्न नदिने बताइन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *