काठमाण्डाैं।वालुवाटार जग्गा छानवीन प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार सहित एक सय ७५जना विरूद्ध मुद्धा दायर भएकाे छ।
अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले गरेकाे छानवीन पछि उनीहरूलाइ वुधवार विशेष अदालतमा मुद्धा दायर गरिएकाे हाे । वालुवाटारकाे जग्गा ठूलाे भ्रष्टाचार गरिएकाे भन्दै पूर्वमन्त्री गच्छदार,डम्वर श्रेष्ठ तथा चन्द्रदेव जाेशी विरूद्ध मुद्धा दायर गरिएकाे हाे ।
यस्तै,पूर्वसचिव छविराज पन्त,अख्तियार दुरूपपयाेग अनुसन्धान आयाेगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात विरूद्ध मुद्धा दायार गरिएकाे हाे ।
अख्तियारले विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार,चन्द्रदेव जोशीलाई ७ करोड, ८ लाख ४८ हजार,डम्बर श्रेष्ठलाई ९ करोड, ६५ लाख ७६ हजार, छविराज पन्तलाई ९ करोड, ६५ लाख, ७६ हजार, दीप बन्यातलाई ९ करोड ६५ लाख ७६ हजार,दिनेश अधिकारीलाई ७ करोड, आठ लाख ४८ हजार ,शोभाकान्त ढकाललाई ३९ करोड, २७ लाख ६८ हजार र रामकुमार सुवेदीलाई ५२ करोड, ५१ लाख ४० हजार बिगो दाबी गरेको छ ।
ललितानिवास जग्गा प्रकरणमा शारदा प्रसाद त्रिताल संयोजक रहेको समितिको प्रतिवेदन र सीआइबीको प्रतिवेदनलाई आधार मानेर अख्तियारले अभियोगपत्र तयार गरेको हाे।
[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/02/press-release.pdf” title=”press release”]




