ताजा समाचार

प्रचण्डलाई प्रश्न-तपाईँ सारंगी बजाउने बेलामा किन वालुवाटार नगइ पाेखरा जानुभयाे ?

काठमाण्डाैं।पाच दिनसम्म चलेकाे नेकपा केन्द्रिय कमिटीकाे वैठककाे ब्यवस्थापनबाट थाकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलवार सुटुक्क पाेखरा पुगे।परिवारका सदस्य,नेकपाका केही नेता सहित पाेखरा पुगेका दाहाल विना कुनै हल्लाखल्ला सुटुक्क पाेखराकाे काहुँडाडामा गएर बास बसे।

तर,जब उनी वुधवार काठमाण्डाैं फर्कन पाेखरा झरे,पत्रकारले छाेपिहाले । उनलाई सिधै पत्रकारकाे प्रश्न थियाे-तपाईँ बालुवाटारकाे सारंगी र बासुरी बजाउने कार्यक्रममा नजानु नियाेजित हाे कि संयाेग मात्र हाे ?

र,याे पत्रकार सम्मेलनकाे ब्यवस्थापन पनि पार्टी निकट प्रेस संगठनले नै गरेकेाे थियाे । तर पत्रकारकाे प्रश्न सुनेर प्रचण्ड केही वेर मुस्कुराए भने केही अप्ठयाराे पनि माने।अनि उत्तर दिदै भने-नियाेजित हाेइन।मैले पाेखराकाे भ्रमण निश्चित गरिसकेकाे थिएँ तर मंगलवार विहान प्रधानमन्त्रीले जसरी पनि वालुवाटारमा हुनुपर्छ भन्नुभयाे । मेराे मिलेन।याे नियाेजित पनि हाेइन,केही पनि हाेइन। यसलाई सामान्य लिनुहाेस।र,सारंगीकाे धुनलाई धुनकाे रूपमा मात्र लिनुस।

उनले यसाे भनेपछि झन हासाे भयाे।खासमा मंगलवार राती बालुवाटारमा माधव र झलनाथले सारंगी र प्रधानमन्त्री केपी अेालीले वासुरी बजाएर रमाइलाे गरेका थिए।उनीहरूले बाजा बजाएकाे फाेटाे वुधवार भाइरल भएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *