ताजा समाचार

गणतन्त्र स्मारक दरवारमा बनाउनु महागल्ती भाे,अब भत्काउनुपर्छ-माधव नेपाल

काठमाण्डाैं।नेकपा बरिष्ठ नेता माधव नेपालले गणतन्त्र स्मारक नारायणहिटी दरवारमा ठुलाे गल्ती भएकाे बताएका छन । संसदकाे अर्न्तराष्ट्रिय सम्वन्ध समितिमा वाेल्दै नेता नेपालले स्मारक दरवारमा बन्नु गलत भएकाे बताए।उनले अब याे स्मारक भत्काउन सुझाव दिएका छन।हालै मात्र राष्ट्रपति विधादेवी भण्डारीले याे स्मारकाे उदघाटन गरेकी थिइन। स्मारक अझै जनताकाे लागि खुल्ला गरिएकाे छैन।

२०६८साल चैत महिनामा तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भटटराइ प्रधानमन्त्री भएकाे बेलामा शिलान्यास गरिएकाे गणतन्त्र स्मारक २०७६साल मा राष्ट्रपति विधादेवी भण्डारीले शिलान्यास गरेकी थिइन।स्मारक४५ कराेड रूपैया बनेकाे थियाे।यसकाे तल्लाे भाग अझै बन्न वाकी रहेकाे छ।दरवारकाे पुर्वी भाग जमिन मुनि र माथि गरि स्मारक बनाइएकाेछ।नेता नेपालले जनताकाे बलिदानी सम्झना गर्न वनाइने पार्क दरवारमा बनाउनु अनुचित भएकाे बताएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *