ताजा समाचार

सभामुख चुनिएपछि अग्नि सापकाेटा नेकपा छाडेर कांग्रेससंग हात मिलाउन दाैडिएपछि…

काठमाण्डाैं।बडा मुश्किलले सभामुख भएका अग्नि सापकाेटाले अनाैठाे निर्वाचित भएपछि बडा अनाैठाे ब्यवहार देखाए।छेउमा सभामुखका लागि तिव्र लविइङ गरिरहेका सुवास नेम्वाङ हात मिलाउन भनेर कुरिरहेका थिए।

कतिपय नेकपाका सांसद अंगालाे हाल्दै थिए तर अग्लाे कदका अग्नि सापकाेटा भने अचानक पर हेरेर दाैडिए।उनी दाैडिर विपक्षी दल बस्ने कुर्सीकाे छेउमा पुगे र भटाभट कांग्रेस सांसदसंग हात मिलाउन थाले। याे दृश्य बडा राेचक थियाे।सभामुखमा निर्विराेध निर्वािचत भएका सापकाेटाले यसरी खुशी भएर कांग्रेससंग हात मिलाएकाे दृश्यले कांग्रेस प्रति उनी अनुग्रहित रहेछन भन्ने देखिन्छ। नेकपाकाे विरूद्धमा उम्मेदवार उठाएर कांग्रेस नेतृत्वले गलत गर्ये भनेर शेरवहादुरद देउवाकाे विराेध भइरहेकाे बेलामा निर्वाचित सभामुखकाे याे ब्यवहारले भने कांग्रेस सांसदहरू खुशीले गद गद भए।

यसले के पनि देखाउछ भने उनी संसदमा विपक्षीलाई ब्यालेन्स गर्नुपर्छ भन्ने मान्यताकाे साथ अघि बढेकाे पनि देखिन्छ। यसले अबकाे संसद झन राेचक देखिन्छ।

यता,नेकपाले भने अर्काे तस्वीर सार्वजनिक गरेकाे छ,जहाँ प्रधानम्न्त्री केपी ओली,अध्यक्ष पुष्पकमल दाहाल,सापकाेटा,नेम्वाङदेखि अेानसरी घर्तीसम्म देखिन्छ । यसले नेकपा खुशी  छ भन्ने देखाउँछ। तर वाँकी कुरा त भावी दिनेले नै बताउनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *