काठमाण्डाैं।नेपाली कांग्रेस भित्रकाे विवाद हल भएकाे छ।शुक्रवार विहान देखि बसेकाे वैठक अपरान्ह सम्पन्न हुदा सहमति गर्न नेताहरू सफल भएका हुन।कांग्रेस सभापति शेरवहादुर देउवाकाे निवास वुढानिलकण्ठमा भएकाे वैठक नेताहरूबीचकाे असहमति हल गर्न सफल भएकाे छ। वैठकमा कांग्रेसकाे महाधिवेशन ०७७ साल फागुन ७-१० गतेसम्म नै गर्ने सहमति भएकाे छ। याे सहमति संगै कांग्रेसकाे आन्तरिक विवाद हल भएकाे छ।
देउवा निवासमा भएकाे याे सहमतिलाई निर्णय गर्न कांग्रेसले माघ १३ गते केन्द्रीय समितिकाे वैठक डाकेकाे छ।मध्यान्ह १ बजे डाकिएकाे वैठकमा पाैडेल पक्षीय नेताहरू पनि सहभागी हुनेछन।
यसअघि कांग्रेस केन्द्रीय कार्यालयमा बसेकाे केन्द्रीय समितिकाे वैठक पाैडेल पक्षले वहिष्कार गरेकाे थियाे।




