काठमाण्डाैं। दीपक मनाङे पक्राउ परेका छन। उनलाइ पाेखराकाे लेकसाइड बाट पक्राउ गरिएकाे हाे। डनबाट सांसद भएका दिपक मनाङेविरूद्ध पक्राउ पुर्जी जारी गरिएकाे थियाे। वुधवार कास्की एन्फा अध्यक्ष मिलन गुरूङलाइ पिटेका दिपक स्वयमले स्विकारेका छन।
उनले यसरी दिउसै पिटेपछि मिलनले जिल्ला प्रशासन कार्यालयमा दिएकाे अभद्र ब्यवहारकाे उजुरीकाे भरमा जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेकाे हाे ।अब प्रहरीले उनलाइ साेधपुछकाे लागि पक्राउ गर्ने तयारी गरेकाे छ । उनी गण्डकी प्रदेशकाे सांसद हुन। सुरूमा स्वतन्त्र सांसद जितेका उनीलाइ पछि नेकपाले दलमा भित्रयाएकाे थियाे।




