काठमाण्डाैं।कुनै बेला संगै बसेर दस बर्षसम्म भूमिगत र ससस्त्र युद्ध गरेका पुष्पकमल दाहाल प्रचण्डलाई नया शक्ति हुदै समाजवादी दलमा पुगेका डा.बाबुराम भटट्लाई अचानक छविलाल दाहाल भनेर कटु आलाेचना गरेका छन।उनकाे याे आलाेचना पछि दाहाल निकट मानिसहरू भने भटट्ईकाे कडा आलाेचनामा उत्रिएका छन।
प्रदेश नम्वर ३ काे राजधानी वाग्मती राख्ने निर्णयमा सहमति जनाएपछि पहिचानकाे राजनीतिकाे अवसान भएकाे भन्दै अहिले प्रचण्डकाे आलाेचना भइरहेकाे छ।यहि बेलामा उनलाई लक्षित गरि बनाइएकाे कार्टुनमा प्रतिटिप्पणी गर्दै वावुरामले प्रचण्डलाई छविलाल भनेका हुन।उनले कार्टुनमा भनेका छन-हरिओम् तत्सत् ! प्रचण्डयात् छबिलाल दाहाले रूपान्तरणम्! मधेसी थारू जनजाति सबै खत्तम्!!
उनले यसाे भनेर प्रचण्ड छविलाल दाहालमा परिणत भएकाे भनेका छन।




