ताजा समाचार

महरा सम्वन्धी मुद्धा झन लम्विने संकेत, राेशनीकाे मेडिकल टेष्ट गर्ने डाक्टर झिकाउन अदालतकाे आदेश

काठमाण्डाैं।कृष्णवहादुर महरा प्रकरणमा अदालतले थप प्रमाण खाेजेकाे छ। आइतवार काठमाण्डाैं जिल्ला अदालतले पिडित राेशनी शाहीकाे मेडिकल टेष्ट गर्ने डाक्टरलाइ समेत झिकाएर अदालतमा बयान लिन आदेश दिएकाे छ।अदालतकाे आदेश अनुसार अब चिकित्सक र विधिविज्ञान प्रयाेगशालाकाे विशेषज्ञलाई समेत झिकाएर अदालतमा बयान लिइनेछ। यसले महरा सम्वन्धी मुद्धा झन लम्विनेछ।

आइतवार काठमाण्डाैं जिल्ला अदालतका न्यायाधिश अम्वरराज अधिकारीकाे एकल इजलाशले यस्ताे आदेश दिएकाे हाे। आदेशमा राेशनी शाहीकाे नाम परिवर्तन गरेर वानेश्वर २६ राखिएकाे छ। अब विज्ञहरूकाे पनि बयान लिएपछि मात्र अदालत एउटा निचाेडमा पुग्नेछ। यसले महराकाे मुद्धा थप लम्विने देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *