काठमाण्डाैं। नेकपा संसदीय दलले कडा निर्णय गरेकाे छ।प्रदेश ३ काे नाम वागमती र राजधानी हेटाैंडा राख्ने निर्णय गरेकाे हाे। शुक्रवार बसेकाे नेकपा प्रदेश ३ काे संसदीय दलले यस्ताे निर्णय गरेकाे हाे।
यसअघि नेकपाकाे हाइकमाण्डले प्रदेश ३ काे नाम वागमती र राजधानी हेटाैंडा राख्ने निर्णय गरेपछि यसकाे नेकपा कै सांसदहरूले विराेध गरेका थिए। उनीहरूले प्रदेशकाे अधिकार नेकपा नेतृत्वले खाेसेकाे भन्दै विराेध गरेका थिए तर शुक्रवार स्वयम संसदीय दलले नै याे निर्णय गरेपछि अब यसकाे नाम र राजधानी नेकपाकाे निर्णय अनुसार नै हुनेछ।




