काठमाण्डाैं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता भएकाे छ। साेमवार विहान देउवा निवास वुढानिलकण्ठमा दुइ नेताविच भेटवार्ता भएकाे हाे । याे भेट लगत्तै नेकपा अध्यक्ष दाहाल वालुवाटारमा पुगेका थिए।यसपछि प्रधानमन्त्री केपी अेालीसंग सभामुख चयनकाे सन्दर्भमा सम्वादमा उनी जुटेका छन। तर,देउवासंगकाे भेटमा भने दुइ नेताविच सत्य निरूपण तथा मेलमिलाप अायाेगकाे सन्दर्भमा कुरा भएकाे वुझिएकाे छ।
सत्यनिरूपण तथा मेलमिलाप अायाेगकाे अध्यक्षमा देउवानिकत गणेशदत्त भटट नियुक्त भएपनि अन्य पदाधिकारी नियुक्त भएका छन।लामाे समय सम्म सर्वाेच्च अदालतका न्यायाधिश अेाम प्रकाश मिश्र अमेरिका बसेकाेले पदाधिकारी नियुक्तिमा ढिलाइ भएकाे हाे । यसैविषयमा दुवै नेता विच सम्वाद भएकाे वुझिएकाे छ । तर,अन्य राजनीतिक विषयमा पनि दुइ नेता विच कुरा भएकाे भनिएपनि विस्तृत रूपमा खुलेकाे भने छैन।




